रास्वपाले गर्यो नयाँ युगको नयाँ ११ बुँदे संकल्प, मन्त्रीपरिषद बढिमा १५ जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीले नयाँ युगको नयाँ थालनी गर्ने भन्दै ११ बुँदे संकल्प गरेको छ । रास्वपाले गरेको नयाँ संकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, मन्त्रीपरिषद बढिमा १५ जना, राष्ट्रिय सभा ५९ बाट ३५ सदस्यमात्र, १० वर्षसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्रै राष्ट्रिय सभा सदस्य र राष्ट्रपति हुने पाउने संकल्प अघि सारेको छ ।
त्यसरी नै उपराष्ट्रपति खारेज, राष्ट्रिय सभा अध्यक्षले सम्हाल्ने, प्रदेश पूर्ण रूपमा पुनर्संरचना, प्रदेश प्रमुख मुख्यमन्त्री, प्रदेश सभाका सबै मन्त्रालय खारेज, प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर, दलिय प्रभाव रहने संवैधानिक परिषद खारेज, गैरदलिय राष्ट्रिय सभालाई सो अधिकार दिलाउने रास्वपाको संकल्पमा समेटिएको छ ।

राइट टू रिजेक्ट र टाइट टू रिकल कार्यान्वयन, परिवारवाद नातावाद पूर्ण रूपमा निषेध र पार्टीमा ५१%, ४५ वर्ष मुनिका युवाहरूको सहभागिता रहने गरि अघि बढ्ने संकल्प रास्वपाले गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स