काठमाडौं । आइतबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, सुन प्रतितोला ८९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले बढेर ८९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदी प्रतितोला ११ सय ४० रूपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले बढेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।