जुम्लाका स्थानीय तहलाई दुई अर्ब ३७ करोड विनियोजन

जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि संघीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो ।

विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ । सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, तातोपानी गाउँपालिकालाई ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालालाई २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

संघीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स