सिनामंगलमा प्रहरीले चलायो गोली, एक जना घाइते

काठमाडौं । प्रहरीले सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ ।

काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

प्रहरीको गोली लागेर घाइते भएका भगतको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो । पछ्याउने क्रममा भगतले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

प्रहरीले निजको साथबाट १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स