माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्यको सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि बाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि मा आवद्ध भएका केएफसी,क्रिमबेल र पिज्जा हट आउटलेटहरु मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्यूआरु वा पिओएस मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १०% (बढिमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते,२०८० सम्म प्रदान गरिने छ । बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

यसरी नै माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०४ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स