काठमाडौं । १५ मिनेटको अन्तरालमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर २ वटा भूकम्प गएको छ । आज शनिबार बेलुका ८.१३ मिनेट ४.१ म्याग्निच्युटको र ७.५८ मिनेटमा ४.६ म्याग्निच्युटको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार काठमाडौंमा पनि यसको धक्का महसुस गरिएको थियो । यस अघि सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएर असाज १५ गते र ९ गतेपनि भूकम्प गएको थियो ।