काठमाडौं । राजधानीमा क्रिया योग (मेडिटेशन ) कार्यक्रम आयोजना हुने भएको छ । आगामी जेठ २७ गते शनिबार ठमेल अमृतमार्ग स्थित यात्री सुइटस् एण्ड स्पामा बिहान ११ः३० देखि दिउँसो ४ बजेसम्म क्रियायोग ध्यानको कार्यक्रम हुन लागेको हो । यस्तै भोलिपल्ट अर्थात जेठ २८ गते आइतबार सोल्टी होटलमा बिहान ७ बजे देखी ८ः३० बजेसम्म क्रियायोग ध्यान (मेडिटेशन) कार्यक्रम सञ्चालन हुने भएको छ ।
सो क्रियायोग ध्यान कार्यक्रममा चर्चित गुरुदेव स्वामी श्री योगी सत्यमको मुख्य प्रशिक्षण रहनेछ । स्वामी श्री योगी सत्यम भारतको प्रयागराजमा अवस्थित क्रियायोग आश्रम एण्ड रिसर्च इन्टिच्यूटका प्रमुख गुरु हुन् । मोहन लामिछाने र शान्ता गौतम सहितको समुहले नेपालमा क्रियायोग ध्यान कार्यक्रमको आयोजना गर्न लागेका हुन । उनिहरुले विगत लामो समयदेखि कृयायोगको अभ्यास गरी हाल नेपालमा यसको प्रवद्र्धन र बिस्तारमा जुटिरहेका छन् ।
मानव जीवनको मुख्य उद्देश्य सबै प्रकारका दुःखबाट मुक्ति हो, तर मानिसलाई दुःखवाट मुक्त गराउन वा उसका रोग, शोक र समस्याहरूलाई निर्मूल पार्न वर्तमान प्रणाली अपूर्ण छ । त्यसैले क्रियायोग ध्यान मानिसका सम्पूर्ण शारिरिक र मानसिक पीडाहरू स्थायी रूपमा हटाउने सबैभन्दा सजिलो, छिटो र वैज्ञानिक विधि भएकाले क्रियायोग ध्यान सिक्नु एकदमै आवश्यक भएको आयोजकको बुझाई छ ।
मानिसले आफुलाई व्यक्तिगत र अलग अलग अस्तित्व हौं भन्ने कल्पनामा वा भ्रममा बाँच्नु नै उसका सम्पूर्ण समस्याहरूको मूल कारण हो । त्यसैले क्रियायोग ध्यानले व्यक्तिको व्यर्थ विचारलाई मेटाईदिने र ईश्वरीय सत्तासँग आत्मको एकाकारको अनुभूति गराउने भएकोले यो कार्यक्रम निकै प्रभावकारी र महत्वपुर्ण सिद्ध हुने आयोजकको अपेक्षा छ ।
गुरुदेव स्वामी श्री योगी सत्यमद्वारा संचालन हुने कृपापूर्वक र सम्मानपूर्वक सम्पूर्ण समस्याहरूको समाधानकोलागि सरल र सहज विधीको एक दिने क्रियायोग ध्यान शिविर कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । तर सिमित सिट भएकोले कार्यक्रममा सहभागि हुनुपुर्व नै नाम दर्ता गराउनुपर्ने छ । त्यसको लागि आयोजकद्धय मोहन लामिछाने (९८५१०७८९७३) र शान्ता गौतम (९८४१४०५९००) लाई सम्पर्क गरेर नाम दर्ता गराउन सकिनेछ ।
क्रिया योग ध्यान शिविर कार्यक्रमलाई अब नेपालका विभिन्न स्थानमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने र दुःख र निराशामा बाँचिरहेका व्यक्तिहरुलाई खुशी र सन्तुष्ट जीवनमा फर्काउने लक्ष्य आयोजकले लिएका छन् ।