काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर थप ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।