काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
राजधानी काठमाडौं उपत्यकाको आकाशमा बादल लागेको छ । काठमाडौंको तापक्रम बढेपनि पछिल्लो दुई दिनको तुलनामा गर्मी केही कम महशुस गरिएको छ । महाशाखाको विवरमा आज काठमाडौंको न्यूनतम १८ र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।
महाशाखाका अनुसार एकसातादेखि देशका अधिकांश भू-भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भू-भागमा तापक्रम लू चलिरहेको छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद्हरुको भनाइ छ ।