यस्ता छन् नेपाल र भारतबीच भएका सात सम्झौता

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आयोजित विशेष समारोहमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका हुन् ।

यस्ता छन् भारत र नेपालबीच भएका सात सहमति

१. नेपाल–भारत पारवहन सम्झौता नवीकरण

२. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।

३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।

४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए

६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति

७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स