नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध कानुन व्यवसायीको सर्वोच्चमा रिट

काठमाडौं । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका नागरिकता विधेयक विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । रिटमा नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न रोक लगाउन माग गरिएको छ । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन समेत माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीका राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग भएको बताए । त्यस्तै नागरिकतासम्बन्धी राष्ट्रिय नीति बनाउन र सोही नीतिका आधारमा नागरिकता ऐन र नागरिकता नियमावलीहरु परिमार्जनका लागि आदेश पनि माग गरिएको भण्डारीले बताए ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् । उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सभामुख, प्रतिनिधिसभा, राष्ट्रियसभालगायतका निकायलाई विपक्षी बनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स