काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना संक्रमित थपिएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ पुगेको छ ।
देशभर थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।