काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट, आन्तरिक ऋणलगायतका विधेयक पारित गर्न मन्त्रिपरिषद्को बैठक डाकेको छ। मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यसूची पारित गर्न दिउँसो १ बजे बोलाइएको छ।
बैठकले पारित गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका बारेमा ब्रिफिङ गर्ने छन्।
त्यसपछि अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट भाषण पढ्ने कार्यक्रम छ। बजेट भाषणका लागि ४ बजेलाई बैठक डाकिएको छ।
सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ।