काठमाडौं । भोलि सार्वजनिक विदा हुने भएको छ । भोलि जेठ १५ गते (सोमबार) गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो ।
सरकारले हरेक वर्ष गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
२३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।