काठमाडौं उपत्यकामा गाडी चढ्दा कुन रुटमा कति तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।
अब उपत्यकामा न्यूनतम भाडा १९ रुपैयाँ हुनेछ। यसअघि न्यूनतम २० रुपैयाँ भाडा तिर्नुपर्थ्यो।
यसैगरी उपत्यकाभित्र १० किलोमिटरसम्मको भाडा २७ रुपैयाँबाट घटेर २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँबाट घटेर ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँबाट घटेर ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दूरीमा ४० रुपैयाँबाट घटेर ३८ रुपैयाँ भाडा कायम भएको छ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/gadi-vhada.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स