काठमाडौंमा आजदेखि भिडभाड, मेला, महोत्सव गर्न नपाइने

काठमाडौं । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्वस गर्न रोक लगाइएको छ

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्लेख गरिएको छ ।

कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ । अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स