बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घट्यो, अब कति पर्छ ?

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । डिजेल र पेट्रोलको मूल्य ५ प्रतिशतसम्म घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार सार्वजनिक सवारीको भाडा घटेको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

जसअनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पर्नेमा अब न्यूनतम भाडा १७ रूपैयाँ तिर्नुपर्ने छ ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहिर बागमती प्रदेशभित्रका क्षेत्रमा चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले घटेको छ । प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा भने ५.६९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स