काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । भोलि जेठ ११ गते मछिन्द्रनाथको भोटो देखाउने दिन परेकोले काठमाडौं उपत्यकाभरि सार्वजनिक विदा दिन लागेको हो । य
सरकारले सार्वजनिक विदाको सूचीमा मछिन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिइने उल्लेख छ । गत जेठ ८ गते जावलाखेलमा पुर्याइएको मछिन्द्रनाथको रथ भोलि भोटो देखाएसँगै जात्रा सम्पन्न हुनेछ ।
यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने प्रत्येक बाह्रवर्षमा यहाँ पनि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ । यसका लागि पाटनको जावलाखेलबाट रथ तानी वुङमतीको जावलाखेलमा ल्याइन्छ । यसअघि रथलाई पाटन शहरमा ल्याएर जात्रा गरेपछि पुनः बुङमतीमा जात्रा गरेपछि सम्पन्न गर्ने प्रचलन छ ।