काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हो ।
देशभर १,०७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।