नेप्सेले आजदेखि रियल टाइम डाटा सःशुल्क बिक्री गर्ने, मासिक ४० हजारमा भयो सम्झौता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजदेखि इतिहासमै पहिलो पटक रियल टाइम डाटा सःशुल्क बिक्री गर्न थालेको छ । स्टक एक्सचेन्जले आज अनलाइन मिडिया मार्गसँग रियल टाइम डाटा बिक्री गर्ने सम्झौता गरेको हो । उक्त मिडियाले मासिक ४० हजार भुक्तानी गर्ने गरी सबै प्रकारका तथ्यांक प्रयोग गर्ने गरी नेप्सेसँग सम्झौता गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर कार्कीले जानकारी दिए ।

‘नेपालको इतिहासमा पहिलो पटक मिडियाले मासिक ४० हजार रुपैयाँ भुक्तानी गर्ने गरी नेप्सेको तथ्यांक खरिद गरेको छ,’ उनले भने ‘यो सम्झौतासँगै नेप्सेको तथ्यांक बिक्री बिक्री गर्ने कार्यविधि कार्यान्वयनमा गएको छ ।’नेप्सेले तथ्यांक बिक्री गर्ने प्रयोजनको लागि पहिलो पटक कार्यविधि बनाएको थियो । सो कार्यविधि लामो समयपछि धितोपत्र बोर्डले पास गरेपछि कार्यान्वयनमा आएको हो । विभिन्न प्रयोजनको लागि फरक फरक मूल्यमा सो तथ्यांक नेप्सेबाट खरिद गर्न सकिने व्यवस्था कार्यविधिले गरेको छ ।

आज खरिद भएको प्रकृति भने संचार माध्यमहरूको समाचार प्रयोजनको लागि हो । नेप्सेको रियल टाइम सबै प्रकारका तथ्यांक खरिद गर्नको लागि कम्पनीको चुक्ता पुँजी ५० लाख भएको विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्पनीमा १० जना कर्मचारी रहेको हुनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

नेप्सेको तथ्यांक खरिद गर्नको लागि हालसम्म १० वटा कम्पनीले आवेदन दिएका छन् । सो कम्पनीमध्ये ८ वटा कम्पनी नेप्सेको तथ्यांक खरिद गर्नको लागि योग्य भएको समेत उनले जानकारी दिए । आज भएको सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कार्की र मिडियाकोतर्फबाट कम्पनीका प्रमुख विनोदश्री न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स