नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो ५ दिने नेपाल बन्दको कार्यक्रम

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले ५ दिनसम्म नेपाल बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ । यसअघि रेशम चौधरीलाई जन्म कैदको फैसला सर्वोच्च अदालतले सदर गरेपछि पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म लगातार ५दिनसम्म नेपाल बन्द गर्ने घोषणा गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै तत्कालका लागि नेपाल बन्दको कार्यक्रम फिर्ता लिइएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको पनि पार्टीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स