नागरिक उन्मुक्ति पार्टीले गर्यो देशब्यापी राँके जुलुससहित नेपाल बन्दको घोषणा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले देशब्यापी राँके जुलुससहित नेपाल बन्दको घोषणा गरेको छ । आज (जेठ ३ गते) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राँके जुलुससहित नेपाल बन्दको घोषणा गरेको हो ।

रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स