आज पनि सुनचाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

बुधबार, सुन प्रतितोला ८८ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले घटेर ८८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदी प्रतितोला ११ सय ५५ रूपैयाँ कायम भएकोमा आज भने ३५ रूपैयाँले घटेर ११ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स