काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर अनुसार यात्रुबाहक सवारी साधनको ३.२० प्रतिशत, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीको ४.१९ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीको ४.६५ प्रतिशतले भाडादर घटेको छ ।
सरकारले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागले घटेको मूल्य आजदेखि नै लागू हुने जनाएको छ ।
यस्तो छ नयाँ मूल्यसूची :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/naya-vhada-dar.pdf” cache=”off”]