बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जाले उत्पादकत्व र रोजगारी वृद्वि गर्न सकेनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जाले उत्पादकत्व र रोजगारी वृद्वि गर्न नसकेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

साथै, उनले ठूलो मात्रामा कर्जा देशका केही सीमित व्यक्तिले मोज गरेको बताए ।

नेपालका बैंकहरूका कर्जा दुरूपयोग भएको र सीमित व्यक्तिले दुरूपयोग गरेको बताएका छन् ।

‘मैले सुरूदेखि नै मौद्रिक नीति र वित्तिय नीति बीचमा उत्पन्न समस्या समाधान गर्न प्रयासरत छु । गभर्नरज्युसँग पटक पटक छलफल भईरहेको छ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स