‘सूर्य अस्त नेपाल मस्त’ भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाशले राखे आगामी १५ वर्षमा नेपाल पुग्नुपर्ने ११ बुँदे सुझाव

काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी १५ वर्षको भिजन बनाउनु पर्ने बताएका छन् । आज मंगलबार प्रतिनिधिसभामा उनले २०९५ सम्मको भिजन बनाउनु पर्ने बताएका हुन् ।

उनले रात परेपछि नेपाल सुत्ने बताउँदै अगाडि भने ‘१५ वर्षमा देशको अवस्था कस्तो हुनुपर्छ भनेर स्पष्ट हुनुपर्छ । धनी राष्ट्रहरूमा मध्यरातमै विकासका काम हुने हुन्छ । हामी भने रातमा मस्त सुत्ने गरेका छौं । धनी राष्ट्र अमेरिका राति पनि पुल बनाउँछ । धनी राष्ट्र बेलायत राति पनि बाटो बनाउँछ, नेपाल भने रात परेपछि सुत्छ र मस्त निदाउँछ । अर्थात सूर्य अस्त नेपाल मस्त ।’

मंगलवारको संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव पेस गर्दै सांसद शर्माले अबको बजेट आउँदा बितेको ११ वर्षको समीक्षा हुनुपर्ने र भिजन ९५ बनाउनु उनको सुझाब छ । ‘बितेको ११ वर्षको समीक्षा हुनुपर्छ । प्रधानमन्त्री हुँदा बिपी कोइरालाले १५ वर्षका लागि सपना बनाएका थिए,’ उनले भने, ‘अबको १५ वर्षमा देशको अवस्था कस्तो हुन्छ भन्ने कुराको देशले अपेक्षा गरेको छ ।’

यस्तो विश्वप्रकाशको ११ बुँदे खाका
१.अबको १५ वर्ष पुग्दै गर्दा हरेक नेपालीको एक प्रविधियुक्त घर होस् । जीवन निर्वाहको जुनै क्षेत्र अङ्गाले पनि आत्मसम्मानको सामाजिक वातावरण प्राप्त होस् ।
२. निश्चित रोजगारी, व्यवसायी, लगानी कम्तीमा एक सुनिश्चित होस् ।
३. आफ्नै देशको आर्गनिक उत्पादन भान्सामा पाकोस् ।
४.स्वास्थ्य उपचारको लागि बीमा अनि निकट दुरीमा अत्यावश्यक उपचार उपलब्धता होस् ।
५.रोजाइको पढाइ निःशुल्क प्राप्ति या आर्थिक योगदान गर्न सकिने अवस्था होस् ।
६.पर्यावरण रक्षासहितको भौतिक विकास प्राप्त होस् ।
७.साहित्य सिनेमा खेलकुद संगीत आदिका माध्यमद्वारा देशले निरन्तर प्रतिष्ठा हासिल गरिरहेको स्थिति प्राप्त होस् ।
८.विभेद हिंसा र अन्य कुनै पनि सामाजको सदस्य हुँ भन्ने गौरव प्राप्त होस् ।
९.विवशताको आँशु बगाउँदै कसैले देश छाड्न नपरोस् ।
१०. विश्वभरी छरिएका नेपाली डायस्पोराको सीप पुँजी र भावना निरन्तर नेपालसँग गासिरहने स्थिति बनोस्
११.पर्याप्त सुख नभए पनि सुखी पारिवारिक जीवनको आत्मसन्तोष हरेक नेपालीलाई प्राप्त होस् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स