काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर, नगर प्रहरीका लागि दरखास्त आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले आज एक सूचना प्रकाशित गर्दै एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

वैशाख १० गते १०० जना नगर प्रहरीका लागि आवेदन माग गरिएकामा ३० जनालाई करार सम्झौता गरी काम लगाइने र बाँकी ७० जनाको लागि पुनः निवेदन आह्वान गरिएको महानगरले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान भर्नामा वैकल्पिक सूचीमा परेकाले १५ दिनभित्र निवेदन दिएमा यसअघि नियुक्ति दिई सकेकालाई कटाई करारमा नियुक्ति गरिने बताएको छ ।

दरखास्त दिँदा सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्ने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स