डिजी पेले गर्यो विभिन्न फ्रान्चाइजी व्यवसायीहरु तथा संस्थाहरुसँग सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रा.लि.द्वारा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ।

डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुुवैमा कारोबार गर्न मिल्ने सुुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ।

डिजी पेमा व्यवसायीहरुले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आवद्ध हुुनसक्ने छन्। भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतका रुपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ।

डिजी पे स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरुसँग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीसमेत आह्वान गरिरहेको जानकारी गराएको छ। फ्रान्चाइजीहरुको मुख्य कार्य व्यवसायीहरुलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पेमा निःशुल्क आवद्ध गराउनु हो।

यसका लागि डिजी पेले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुुविधा ल्याएको छ। यस योजनाअन्तर्गत फ्रान्चाइजीहरुले डिजी पेसँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको टार्गेट पूुरा भएको अवस्थामा प्रतिमहिना ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष दिवाकरबहादुुर पाण्डेले बताए।

डिजी पेमा व्यवसायीहरुले निःशुुल्क आवद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुुनाफा आर्जन गर्न सक्नेछन्। आवद्ध हुँदा ५०० रूपैयाँ टपअप र सेवा शुल्कमा छुट, नेपालकै नं एक न्युज टेलिभिजन च्यानल ए।बि।सि न्युुज मार्फत विशेष सहुुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन,स्टार हस्पिटलको ८२५ रूपैयाँको दुई वटा ओपीडी टिकटका साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, २१ टेकको डिजिल मार्केटिङ÷एप डेभलपमा विशेष छुुट, बिनभ क्रिएसनको सोसल मिडिया कन्टेन क्रिएसन मात्र १५ हजार रूपैयाँमा साथै डेलिभरी पार्टनर इजी केरिअरबाट एकै दिनमा पिक अप र ड्र तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ।

यस व्यवसाय आवद्ध योजनाअन्तर्गत व्यवसायीहरुले निम्न फाइदाहरु प्राप्त गर्न सक्ने छन्–

टपअप र सेवा शुल्कमा छुट

डिजी पेको सौजन्य ५०० रूपैयाँ आफ्नो डिजी पे मोबाइल एपमा निःशुल्क टपअप गरी सोबराबरको २५ हजार रूपैयाँ सम्मको कारोबार ० प्रतिशत सेवा शुल्कमा गर्न सकिनेछ।

अब टीभीमा विज्ञापन सबैका लागि

न्युज टेलिभिजन च्यानल एबीसी न्युुजमार्फत विशेष सहुुलियतमा २ महिनासम्म १ लाख र ५० हजारबराबरको विज्ञापन टेलिभिजनमार्फत प्रसारण गर्नुहोस्।

व्यवसायी स्वास्थ्य कवच

ललितपुर सानेपास्थित स्टार हस्पिटलको सौजन्य ८२५ रूपैयाँको दुईवटा गरी १ हजार ६५० बराबर ओपीडी टिकट। साथै, बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रशिशत र औषधि खरिदमा ५ प्रतिशत सम्मको छुट पाइनेछ।

राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन

द नेपालटप राष्ट्रिय दैनिक पत्रिकाको सौजन्य वार्षिक ग्राहकमा ५० प्रशिशत तथा वर्गीकृत विज्ञापनमा ७५ प्रतिशत छुट र ६० सीसी कलर विज्ञापनमात्र १५ हजारमा गर्न सकिने र अझै मुनाफा कमाउन सकिनेछ।

डिजिटल मार्के/एप डेभलप

२१ टेक को सौजन्य फेसबुक, इन्स्टाग्रामजस्ता सोसल मिडियामा प्रिमियम प्याकेजको ५० प्रतिशत सम्म, छुट तथा अन्य सेवाबाट आफ्नो व्यवसायलाई नयाँ उचाइ दिन सकिने।

सोसल मिडिया कन्टेन क्रिएसन

सामाजिक सञ्जालमा अहिले चलेको २५ हजारभन्दा बढी पर्ने रिल्स एन्ड भिडियोज, बिनभ क्रिएसनको सौजन्यमात्र १५ हजारमा बनाउन सकिने।

एकैदिनमा पिकअप र ड्रप

डेलिभरी पार्टनर इजी केरिअरबाट एकैदिनमा पिक अप र ड्रमा मात्र १०० रूपैयाँमा गर्न सकिनेछ।

लोयल्टी प्वइन्ट्सको विशेष पत्रिका

डिजी पेको सौजन्य प्राप्त सिलवर÷गोल्ड क्यास (लोयल्टी प्वइन्ट) बाट डिजी पेको वर्गीकृत पत्रिका,विभिन्न मिडियाद्वारा आफ्नो सेवा÷सामानमा गोल्डक्यास अफरको विज्ञापन, प्रचार–प्रसार गरी ग्राहक आकर्षित गर्न र अझै मुनाफा कमाउन सकिने।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स