काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ संक्रमित थपिएको हो ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ४४२ छ ।
देशभर थप १,१५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।