थप १,१५८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । देशभर थप १,१५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने १,३१८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ भने ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स