डीजी पेमा आवद्ध व्यवसायीले ए.बि.सि टेलिभिजनमा विशेष सहुलियतमा दुई महिनासम्म विज्ञापन प्रसारण गर्न पाउने

काठमाडौं । मोबाइल वालेट कम्पनी डिजी पे प्रा.लि. र नेपालकै नं एक न्युज टेलिभिजन च्यानेल एबीसी न्युज टेलिभिजनबीच सहकार्यका लागि नयाँ सम्झौता भएको छ।

टेलिभिजनमार्फत व्यावसायिक प्रवर्द्धनका लागि नेपालमै नौलो खालको सम्झौता भएको हो। सम्झौताअनुसार डिजी पेको व्यावसायिक आवद्ध योजनाअनुरुप डिजी पेसँग आवद्ध हुने व्यवसायीले एबीसी टेलिजिभजनमा विशेष सहुलियतमा २ महिनासम्म १ लाख ५० हजार मूल्यबराबरको विज्ञापन प्रसारण गर्न पाउने भएका छन्। यसका साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ।

यो योजना र अफर डिजी पेमा आवद्ध व्यवसायीहरुका लागिमात्र लागू हुनेछ।

सम्झौतापत्रमा एबीसी टेलिभिजनका महाप्रबन्धक पूर्णबहादुर जीसी र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

नेपालकै नं एक न्युज टेलिभिजन च्यानेल ए.बि.सि न्युज टेलिभिजन सँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौता गर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए ।

‘टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने हाम्रो मानसिकता छ, यसलाई चिर्दै अब ठूला साना सबै फर्म तथा पसलले टेलभिजनमा आफ्नो उत्पादन वा ब्राण्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं,’ पाण्डेले भने, ‘डिजी पेमा आवद्ध हँुदा पाउने प्याकेज सुविधामा टेलिभजिनमा गरिने अन्य विज्ञापनमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउनेव्यवस्था गरेका छौं।’

ए.बि.सि टेलिभिजनका महा प्रबन्धक जि.सिले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । ए.बि.सि टेलिभिजनको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट बिज्ञापन मार्फत जनमानसमा पु¥याएर लाभ लिन सक्ने बताए ।

टेलिभिजनमा विज्ञापन महँगो हुने भएकाले साना व्यवसायीले गर्न सक्दैनन् भन्ने धारणालाई यो सम्झौताले फेरिदिएको जि.सि को भनाइ छ । ‘अब यो सहकार्य अनुसार ठूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा विशेष सहुलियतमा प्रसारण गर्न पाउने छन्,’ उनले भने ।

डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स