दशैंमा २ लाख आईएमई गर्दा १६ लाख जित्ने आईएमई रेमिटको अफर

काठमाडौं । आईएमई रेमिटले ‘डबलको डबलको डबल पार्ट—२’ योजना कार्यान्वयनमा ल्याएको छ । दशैं, तिहार, छठ पर्व लक्षित यो योजना यही असोज १ गतेदेखि ५६ दिन (आठ हप्ता) को लागि हुनेछ ।

यो योजना अन्तर्गत आईएमई पे मोबाईल वालेट एपमा वा बैंक ट्रान्सफर गरी रकम प्राप्त गर्दा हरेक हप्ता २ जना सेवाग्राहीलाई आफुले पठाएको रकमको दुई गुणा (डबल) रकम, हरेक महिना २ जनाले चार गुणा (डबलको डबल) रकम पाउने आईएमई रेमिटका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले बताए ।

योजना अवधिभर १ जनालाई आठ गुणा (डबलको डबलको डबल) रकम बम्पर उपहार दिइनेछ । साथै, प्रत्येक कारोबारमा विदेशबाट पठाएको रकम ‘आईएमई पे’ मा प्राप्त गर्दा प्रत्येक कारोबारको प्रत्येक सेवाग्राहीलाई थप २ सय रुपैयाँ वोनस दिइनेछ । ‘यो योजना सेवाग्राहीहरुको हात खाली नजाने एक योजना पनि हो,’ उनले भने ।

अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैनन् ।

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

हाम्रो देश नेपालको अर्थ व्यवस्थाको ठूलो हिस्सा रेमिटन्समा आश्रित छ । नेपालीहरु श्रमको लागि अन्य दोश्रो मुलुक जाने गर्नु भएको छ । यस्तो घरधुरी नेपालमा करिव ६० प्रतिशत रहेको छ । परिवारबाट एक वा एकभन्दा बढी सदस्य आफ्नो परिवारको आर्थिक अवस्था सबल बनाउने आशा लिएर विदेशमा श्रमको लागि जाने गर्दछन् ।

विदेशमा परिश्रम गरेर कमाएको रकम नेपालमा रहेका आफ्ना परिवारहरुका लागि पठाउँछन् । विशेष गरी चाँडपर्वमा यसरी पठाउने रकम अघिपछिको भन्दा कारोबार र रकमको मात्राको दुबै आधारमा तुलनात्मक रुपले बढी हुन्छ ।
यस अवसरलाई सदुपयोग गर्दै आईएमई सेवाग्राही माझ अझ बढी पुर्नताजगी होस भनेर यो योजना ल्याईएको छ । यसले आईएमई, सेवाग्राही र बैंक बिच त्रिपक्षीय सम्वन्ध सुधारमा भूमिका खेल्दछ ।

हाम्रो कम्पनीको आईडेन्टीटी भनेकै रेमिटेन्स हो । रेमिटेन्स कारोबार शुरु गर्ने हामी पुरानो नेतृत्वदायी कम्पनी हो । त्यसैले हाम्रा आफ्ना ग्राहकहरुलाई थाहा नै छ कि पर्वहरुमा हाम्रो कम्पनीले केही न केही उत्साहकजनक योजना ल्याउँछ भनेर,’ उनले भने ।
हामीले संस्थागत उत्तरदायित्वलाई आत्मासात गर्दै एउटा स्कीम ल्याएका छौं, तर त्यो विल्कुल व्यापार व्यवसाय थिएन । त्यो सामाजिक खालको छ । जसमा कुनै पनि सेवाग्राहीहरुको हात खाली हुदैन ।

सेवाग्राहीहरुलाई लाभ प्राप्त हुने स्कीम ल्याउनु पर्छ भनेर समूहमा छलफल भईनै रहन्थ्यो । नयाँ नयाँ आईडीया समूहमा छलफल गर्दै परिस्कृत गर्दै जाँदा डबलको डबलको डबल योजना निर्माण गर्न सफल भयौं । भविष्यमा पनि प्रत्यक्ष रुपमा हामीसँग कारोबार गर्ने सेवाग्राहीहरूको लागि र हाम्रा व्यवसायीक साझेदारहरूलाई लक्षित गरेर नयाँ योजनाहरू ल्याउने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स