सरकारले ९ कम्पनीलाई कालो सूची राख्न नपर्ने कारण सोध्यो

काठमाडौं । नेपाल सरकारले थप ९ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको छ ।

विभिन्न सार्वजनिक निकायहरुबाट समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका व्यवसायी÷आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्न नपर्ने कारण खुलाई ३० दिनभित्र लिखित स्पष्टीकरण दिन सूचना प्रकाशित गरिएको थियो । उक्त समयावधिभित्र लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुनः७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको समयमा स्पष्टीकरण नआए ती व्यवसायी/आपूर्तिकर्ताहरु कालोसूचीमा पर्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स