काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको अग्रता कायम रहेको छ । पछिल्लो मतपरिणाम अनुसार डा. वाग्लेले १० हजार २५९ मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । जसमा वाग्ले र भट्टराईको मतअन्तर ५ हजार २५६ रहेको छ ।
यसैगरि, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् भने राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छिन् ।
स्वर्णिमले सुरुदेखि नै अग्रता बनाएकामा पछिल्लो मतपरिणामअनुसार थप बढाएका हुन् ।