चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो ।

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ ।

प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रु महानुभावहरुमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स