रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढेको गाडी तोडफोड

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।

तनहुँको व्यास नगरपालिका-३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको हो । गाडीको बायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ ।

गए राती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

उनी बसेको होटलमा पार्किङ नभएपछि गाडि सडकमा राखेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स