उपयोग नगर्ने ओगटेर बस्नेको जमिन सरकारले फिर्ता लिनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री रन्जिता श्रेष्ठले उपयोग नगर्ने ओगटेर बस्नेको जमिन सरकारले फिर्ता लिनुपर्ने बताएकी छिन् । मंगलबार संसदमा बोल्दै मन्त्री श्रेष्ठले उपयोग नगरी बाँझो राख्नेहरुको जग्गा सरकारले फिर्ता लिएर उत्पादन मुलक क्षेत्रमा काम गर्न चाहानेहरुलाई दिनुपर्ने उनले बताएकी हुन् ।

‘मन्त्री त भइयो तर चुनौताीका चाङ छ । लाखौँ जनता भूमि विहिन छन् । गरिबीको डंगुर छ । कतै मेरो मन्त्रालय विचौलियाको थुप्रोमा टुस्स टुसाएको विरुवा जस्तै त छैन् ? घोत्लिन्छु, मन्त्रालयको फाइल अध्ययन गर्छु र संकल्प गर्छु’, मन्त्री श्रेष्ठले भनिन्, ‘देश बनाउने हो भने शहर भन्दा पहिले गाउँ बनाउनुपर्छ । स्मार्ट शहर हैन्, स्मार्ट गाउँको अबधारणा अघि सार्नुपर्छ ।’

‘जमिन नजोत्ने ओगटेर मात्रै बस्ने, राजमार्गहरुमा चार तल्ले विल्डिङ ठोक्ने, एैलानी जमिन ओगटेर बस्नेको जमिन राज्यले फिर्ता लिनुपर्छ । जसले जमिनको उपयोग भन्दा बढि जग्गा ओगटेर बसेका छन् त्यो राज्यलाई फिर्ता गराउनु पर्छ । र उत्पादन मुलक क्षेत्रमा काम गर्नेहरुलाई दिनुपर्छ । यसका लागि मैले मेरै पालोमा आवश्यक कार्यबिधि तयार गरेर अघि बढाउनेछु’, उनले भनिन् ।

भूमिहिनहरुलाई तत्काल जमिन उपलब्ध गराउन आफु लागि परेको मन्त्री श्रेष्ठले सुनाईन् । ‘जमिन खनजोत गर्नेहरुको हो त्यसैले कमैया, हरुवाचरुवा, मुसहर, डोम, चेपाङ आदी भूमिहिनहरुले जमिनको लालपुर्जा पाउनैपर्छ । हजारौँ बर्ष, हजारौँ मिटर जमिन जोत्नेको आज पाँच अंगुल पनि जमिन छैन् । त्यसैले मेरै पालामा यस्ता खालका भूमिहिनहरुलाई लालपुर्जा दिने मेरो लक्ष्य हो’, उनले भनिन् ।

सहकारी मार्फत जनता ठगिएको गुनासो धेरै आउन थालेको भन्दै उनलाई त्यसको छानविन गरि आवश्यक कारवाही र समस्या न्युनीकरणका लागि विज्ञसहितको बिस्तृत अध्ययन टोली गठन गर्ने उनले बताईन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स