बिहीबार यी समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान-अवतरण नहुने, यस्तो छ कारण

काठमाडौं । चैत ७ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान-अवतरण नहुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने भएको हो ।

विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिएका हुन् ।

यस दिन यो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स