काठमाडौं । सरकारले देशका सबै ठाउँमा जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले देशैभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो।
बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
भूउपयोग नियमावली जारी भएपछि वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो । तर, अहिलेसम्म ६ सय बढी स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसकेपछि कित्ताकाट रोकिएको थियो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।