वैशाख ७ गतेको सूर्यग्रहणको दोष नेपालीलाई नलाग्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिले उल्लेख गरेको हो । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मंगोेलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने समिति अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

‘तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन,’ उनले भने ‘कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसको सतक लाग्ने भएकोले नेपालीले बार्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स