आइएमई पे वालेटबाट आइएमई पे वालेटमा पैसा पठाउने र पाउने दुवै जनालाई आकर्षक उपहार

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २९ देखि २०८० भाद्र २६ सम्म चल्ने सो अफरमा ग्राहकवर्गले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच (हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउने छन् ।

सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।

यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्नु हुने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सकिने छ । ग्राहकवर्गमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स