नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आइतबार तीनै जना मन्त्रीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामापत्र बुझाएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

राजीनामा दिनेमा आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल रहेका छन् ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

अब एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स