काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २३२, भक्तपुरमा २३ र ललितपुरमा २४ जनामा संक्रमण देखिएको हो ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ५५८ रहेको छ ।
देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ