सागर ढकाल पक्राउ

काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने सागर ढकाललाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार सेनाबाट प्राप्त सूचनाका आधारमा साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा स्याङ्जा, वालिङका ढकाललाई पक्राउ गरिएको हो । उनलाई पोखराको बाटुलेचौरबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता रायले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स