सहसचिव भुपाल बरालको संयोजनमा बजेट निर्माण ६ सदस्यीय समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयार गर्न ६ सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरको आजको निर्णयबाट सहसचिव भुपाल बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो।

समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव बराल तोकिएका छन् । सदस्यहरुमा अर्थ मन्त्रालयका उत्तर कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन् ।

समितिका सदस्यहरुलाई आगामी वर्षको बजेटको मस्यौदा लेखनका लागि कार्यक्षेत्रहरुसमेत तोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स