मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एउटै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच पार्टी एकता भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टी एकता भएको हो । दुवै पार्टीले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।

पार्टी आगामी मे १ गते अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एकताको औपचारिक घोषण हुने नेकपा (बहुमत)का नेता हेमन्तप्रकाश वलीले जानकारी दिए ।

पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६–६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सीपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य थिए ।

पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको तत्कालीन नेकपा माओवादी विभिन्न फुटको शृखंलाबाट गुज्रिएको छ । पहिलो पटक वैद्य समूह २०६९ साल असार ४ मा विभाजित भएको थियो । शान्ति र संविधानको बाटो कि जनविद्रोहमा जाने भन्ने विषयले माओवादीमा विभाजन शृंखला सुरु भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स