लिम्बूलाई क्षतिपूर्ति सहित सहिद घोषणा

काठमाडौं । प्रदेश नं. १ को नामकरण कोशी प्रेदश गरिएको विरोधमा भएको आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा सहित क्षतिपूर्ति उपलब्ध गराउने निर्णय नेपाल सरकारले गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । कोशी प्रदेशमा कोशी नामकरण गरिएको विषयमा भएको आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुगेको थियो । आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिसंग भएको छलफलमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको हो ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय भएको बताइन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स