दशैं र तिहारलाई लक्षित गर्दै केन्ट आरओको अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि केन्ट उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले दसैं-तिहार योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाउनुहोस्’ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सी. जी. ब्रान्डको चपर उपहार स्वरूप प्रदान गरिने छ । यो ग्राहक योजना असोज ८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स