ट्विटरको लोगो परिवर्तन, ब्लु बर्डको स्थानमा डोजेक्वाइनको कुकुर

काठमाडौं । ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसअघि ट्विटरको लोगोको रुपमा रहेको ‘निलो चरा’ (ब्लु बर्ड) लाई परिवर्तन गरी मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।

योसँगै, अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्र देख्न सकिने छ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।

यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ ।

लोगो परिवर्तन भएको केही समयपछि मस्कले ट्विटरमा रहेको निलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिनेखालको मिम पोस्ट गरेका थिए ।

ट्विटरको लोगोको रुपमा डोजकोइनको आइकन आएसँगै डोजकोइनको सेयर भ्यालु २० प्रतिशतले बढेको छ । अहिले डोजकोइनको भ्यालु ०.०७९ डलरबाट ०.०९४ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ ।

मिमको रुपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्विटरको लोगो बनेको छ । परिवर्तन भएको ट्विटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो ।

मस्कले डगीका विषयमा पहिले नै संकेत दिएका थिए । गत फेब्रुअरीमा उनले सोही कुकुरको एउटा फोटो ट्वीट गरेका थिए । त्यसको क्याप्सनमा मस्कले ट्वीटरको नयाँ सिइओ गज्जबको रहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स