मनकामना केबुलकार चैत्र २२ गते बन्द रहने

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार यहि चैत्र २२ गते बन्द हुने भएको छ । केबलकारको टावर मर्मत सम्भार कार्यको लागि चैत्र २२ गते बुधबार १ दिनको लागि केबुलकार सेवा बन्द हुने भएको हो ।

जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ ।

साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स